

प्रहरीकै मोटरसाइकलमा फरार भएका कैदी एक महिनापछि पक्राउ



दाङ
दाङको घोराही कारागारबाट फरार कैदीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घोराही कारागारबाट उपचारको बहाना बनाएर फरार भएका राजपुर गाउँपालीका ३ बस्ने २९ वर्षीय यमराज परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।
कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका परियार गत पुस ८ गते फरार भएका थिए । जिल्लाकाे घाेराहीस्थित एक होटेलबाट उनी फरार भएका थिए । परियारले उपचारका लागि उनैलाई लगेर गएका प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिएर फरार भएका थिए ।
कैदी परियार फरार भएपछि छानबिन तथा खोजतलास समिति गठन गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द प्रसाद रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले तालुक प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा मार्फत भारतीय प्रहरीसँगको समन्वयमा खोजी कार्य गर्ने क्रममा सोमबार नेपाल भारतको सिमाक्षेत्र बाँके नेपालगञ्ज १५ जमुनाहनाकाबाट पक्राउ गरिएको डीएसपी रिजालले पत्रकार सम्मेलनमा बताए ।
कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजाय भएकोमा परियारले हाल सम्म ७ वर्ष कैद भुक्तान गरिसकेका छन् । कारागारमा पहिला चौकीदार हुँदै नाइके समेत भएका परियार फरार भई पक्राउ परेपछि कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार थप कारबाही हुने भएको छ । परियारलाई बाँकी कैदको डेढी बढाई कैद सजाय तोकिने डीएसपी रिजालले जानकारी दिए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया