

बालकुमारी मन्दिरको मूर्ति चोरी : चोर पत्ता लगाउन कसम खुवाइने



ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई । सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् । त्यहाँका बासिन्दा आफूहरूलाई केही भयो भने सुरुमै सोही मन्दिरलाई सम्झन्छन् । कतै चोरी भयो, चोर पत्ता लगाउनुपर्यो भने बालकुमारी माईको कसम खाऊ त भनेर पनि भनिन्थ्यो विगतमा । त्यस्तो भनेपछि झुटो कसम खाने आँट कसैले गर्दैनथे ।
सुनाकोठीका बासिन्दाको आस्थाको धरोहर बालकुमारी माईको मूर्ति आइतबार स्वयं चोरी भएको छ । मूर्ति चोरी भएपछि स्थानीय बासिन्दा प्रहरीको सहयोगमा खोजीमा जुटेका छन् । यद्यपि, आइतबार राति अबेरसम्म फेला परेको छैन । तैपनि मूर्ति फेला पर्नेमा उनीहरू ढुक्क जस्तै छन् ।
बालकुमारी माईको मन्दिरको मूर्ति हराएको थाहा पाउने पहिलो व्यक्ति हुन् प्राणनाथ महर्जन । ललितपुर महानगरपालिका–२७ सुनाकोठीका स्थानीय बासिन्दा प्राणनाथको घर बालकुमारी मन्दिरनजिकै छ । उनैले शनिबार साँझ करिब पौने ६ बजे मन्दिर गई आरती गरेका थिए । आरती सकेर ताला लगाई घर फर्केका उनी आइतबार बिहान ४ बजे नै पूजा गर्न गएका थिए । तर, मन्दिर परिसरको अवस्था देखेपछि उनको मनमा चिसो पस्यो ।
किनकि, अघिल्लो दिन आफंैले लगाएका ताला त्यहाँ थिएनन् । उनी हतारहतार मूर्ति भएको ठाउँमा पुगे । तर, मूर्ति नदेखेपछि उनको होसहवास् नै उड्यो । आजको राजधानी दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया