

मुलुकभर थप ६४६२ जनामा कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु



काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको १३ हजार ३ सय ७७ पीसीआर परीक्षणका क्रममा ५ हजार ५९८ जनामा कोरोना पुष्टि भएको छ, भने ४ हजार ६० एन्टिजेन परीक्षणका क्रममा ८ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ४ सय १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २१ हजार ६ सय ९९ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ७७ हजार ४० सक्रिय संक्रमित आइसोलेशन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो संक्रमणको अवस्था अनुसार ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया