

भारत पुगेका गैँडा फर्काउन समस्या



काठमाडौं/पत्रपत्रिका
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को त्रिवेणीबाट गत मङ्सिर ६ गते एउटा गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा फर्काइयो । नारायणी नदीमा आएको बाढीले बगाएर भारत पुर्याएको सो गैँडा नेपाल फर्केको मौका छोपी नेपाली प्राविधिकले उद्धार गरेर निकुञ्ज फर्काएका हुन् ।
निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले भने, “एउटा वयस्क गैँडा त्रिवेणीको उखुबारीमा भेटिएको स्थानीयवासीले खबर गरेपछि निकुञ्जको प्राविधिक टोलीले त्यसलाई उद्धार गरेर यतै (निकुञ्ज) ल्याएको हो ।” तर भारत पुगेका गैँडा र अन्य वन्यजन्तु फर्काउन त्यति सहज छैन । गैँडा उद्धार प्राविधिक टोलीका संयोजकसमेत रहेका डा. श्रेष्ठले भने, “बगेर वा कुनै कारणले भारत पुगेका गैँडा कहिले फर्कन्छन् र उद्धार गरेर फर्काउन सकिन्छ भनेर कुरेरै बस्नुपर्ने बाध्यता छ ।”
छवटा हात्ती परिचालन गरेर २० जनाको टोलीले गैँडालाई डार्ट (बन्दुकबाट बेहोस बनाउने औषधि दिने कार्य) गरेर उद्धार गरिएको हो”, डा. श्रेष्ठले भने । यसरी उद्धार गरी ल्याइएको गैँडालाई सौराहा नजिकैको निकुञ्जको मध्यवर्ती क्षेत्रको कुमरोज सामुदायिक वनमा छाडिएको थियो । निकुञ्ज भएर बगेका नारायणी, राप्तीजस्ता नदीमा बाढी आउँदा वन्यजन्तु बगेर भारत पुग्छन् । यसरी बगेर गएका वन्यजन्तु नेपाल फर्काउन गारो छ । यद्यपि तीन वर्षयता चारवटा गैँडालाई नेपाली भूमिमा फर्केको मौका छोपी उद्धार गरिएको निकुञ्जले जनाएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया