

भारतमा एकैदिन करिब ३ लाख ५० हजारलाई कोरोना, ७०३ को मृत्यु

काठमाडौँ
भारतमा एकैदिन करिब ३ लाख ५० हजारलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप ३ लाख ४७ हजार २ सय ५४ जना संक्रमित भएका छन् । यो संख्या अघिल्लो दिनको भन्दा २९ हजार ७ सय २२ ले बढी हो ।
बिहीबार १९ लाख ३५ हजार ९ सय १२ नमुना परीक्षण गरिएको थियो । भारतमा दैनिक संक्रमण दर १६.४१ प्रतिशतबाट बढेर १७.९४ प्रतिशत पुगेको छ । त्यस्तै गत २४ घण्टामा भारतमा कोरोनाबाट ७०३ जनाको मृत्यु भएको छ ।
बुधबारको तुलनामा मृत्यु हुनेको संख्या निकै बढेको छ । बुधबार भारतमा कोरोनाबाट ४ सय ९१ जनाको मृत्यु भएको थियो । भारतमा हालसम्म कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८८ हजार ३ सय ९६ पुगेको छ । त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या २० लाख १८ हजार ८ सय २५ रहेको छ ।
भारतले अहिलेसम्म १ अर्ब ६० करोडभन्दा बढी डोज खोप लगाइसकेको छ ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया