राष्ट्रिय सभा चुनावका लागि मधेश प्रदेशमा एमाले–लोसपाबीच गठबन्धन

काठमाण्डाै

मधेश प्रदेशमा राष्ट्रिय सभा चुनावका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ ।

बिहीवार नेकपा एमाले र लोसपाले संयुक्त रुपमा एक पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय सभा चुनावका लागि गठबन्धन गरिएको जानकारी दिएको हो । यी दुई दलबिच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ ।

कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासको लागि काम गरेको बताउनु भयो । उहाँले लोसपासँग मिलेर काम गर्न पाउँदा खुशी लागेको बताउँदै सरकारमा मधेशी जनताको हक अधिकारको कुरा र एजेण्डा उठाउने बताउनु भयो ।

सचिव महासेठले भन्नुभयो, ‘लोसपासँग मिलेर सरकारले काम गर्दा मधेश प्रदेशमा धेरै राम्रा विकासका कामहरु गरेको थियो । हामीले सरकारमा रहँदा मधेशको जनताका एजेण्डा साथमा लिएर अघि बढेका थियौँ ।’

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले नेकपा एमालेसँग सहकार्य गरेर मधेशको भावनाको, उत्पीडनमा परेका मानिसहरुको, आदिवासी, दलित, जनजाती, मधेशी, महिला, मुस्लिम, थारुहरुको भनाइ सरकारमा लैजाने बताउनु भयो । उहाँले एउटा धारणाअनुसार सरकार सञ्चालन हुनुपर्ने पनि बताउनु भयो ।

प्रतिक्रिया

खबर सबै