जसपा कपिलवस्तुले मनायो सहिदको सम्झनामा बलिदानी दिवस

कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुले जिल्लाका ठाउँठाउँमा सहिदहरुको सम्झनामा बलिदानी दिवस मनाएको छ ।
कपिलवस्तुको मायादेवी गाउँपालिका ३ बिचौवापुरमा जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको अध्यक्षतामा मधेश अन्दोलनका प्रथम सहिद रमेश कुमार महतो सहितका सहिदहरुको सम्झनामा बलिदानी दिवसको अवसर पारी दिप प्रज्वलन गरिएको हो । वि.सं. २०६३ साल माघ ५ गते सिरहाको लहानमा शहादत प्राप्त गरेका शहिद रमेश कुमार महोतो सहित कैयौं वीर सहिदहरुको सम्झनामा बलिदानी दिवास मनाइएको जिल्ला अध्यक्ष यादवले जानकारी दिनुभएको छ ।
जिल्ला सदरमुकाम तौलिहवा सहित कृष्णनगर, चन्द्रौटा, लगाएतको स्थानमा सहिदको तस्बिरमा माल्याअर्पण र दिप प्रजव्वलन गरि बलिदानी दिवास मनाएको जसपाले जनाएको छ । कार्यक्रममा जसपा नेताहरु चन्द्रिका चौधरी, कौशल कुमार नागबंशी, खदेरु प्रसाद बराई, सालिकराम बराई, भुवन चौधरी , बिरेन्द्र पाल, राजेन्द्र यादव, कृष्णकुमार चौधरी, रियाज अहमद मुसलमान, मोहोम्मद समीर रिखिराम रैदास, शैलेन्द्र कुर्मी, मधुसूदन नागबंशी, नाथु राम कहार, जगदिश कहार लगायतले सहिदको सपना सकार गर्न निरन्तर संघर्ष गरिरहने बताएका थिए । मायादेवीमा आयोजित कार्यक्रमको संचालन विश्राम यादवले गर्नु भएको थियो ।

प्रतिक्रिया

खबर सबै