

कोरोना तत्काल अन्त्य नहुने संकेत, अमेरिकामा दुई महिनाभित्र तीन लाखको मृत्यु हुने प्रक्षेपण

एजेन्सी
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको जनाएको छ । फ्रान्स, जर्मनी, ब्राजिललगायतका देशमा नयाँ संक्रमितको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको भनाई आएको हो ।
कोभिडको उच्च संक्रमित नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई ढाकेको र विभिन्न देशका सरकारहरुले प्रतिबन्धात्मक कदम चालिरहेका छन् । अधिकांश देशहरुले कोभिडविरुद्धको बुस्टर डोज दिन थालेका छन् ।पछिल्लो समय युरोप महामारीको मुख्य केन्द्रविन्दु बनेको छ । फ्रान्समा मंगलबार एकै दिन पाँच लाख संक्रमित भएका थिए भने जर्मनीमा पछिल्लो २४ घन्टामा एक लाख जनामा संक्रमण देखिएको छ । युरोपका अन्य देशहरुमा पनि संक्रमण दर तीव्र फैलिएको छ ।
ओमिक्रोनलाई सामान्य आँकलन नगर्न भन्दै घिब्रिससले नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको महामारी ल्याटिन अमेरिकाबाट पूर्वी युरोपमा फैलिएको बताएका छन् । अमेरिकामा कोभिडका कारण मार्चको अन्त्यसम्ममा कम्तिमा ५० हजारदेखि बढीमा तीन लाख जनासम्मको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध जुधिरहेका बेला आगामी दुई महिनाभित्र सो संख्यामा अमेरिकीको मृत्यु हुने प्रक्षेपण भएको हो । कोभिडबाट अमेरिकामा अहिलेसम्म साढे आठ लाखको मृत्यु भइसकेको छ ।
ओमिक्रोन भेरियन्टका कारण गत वर्षको तुलनामा अमेरिका यो वर्ष कोभिडबाट अझै प्रभावित छ । अमेरिकाका अधिकांश कोभिड अस्पताल बिरामीले भरिएका छन् । प्रभावित राज्यमा सेनाको स्वास्थ्य कार्यकर्ता परिचालन गर्ने बाइडेन प्रशासनले बताउँदै आएको छ । अमेरिकामा औषतमा दैनिक संक्रमितको संख्या साढे सात लाख छ ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया