

फुटबलको बन्द प्रशिक्षणमा सहभागी ७ खेलाडी कोरोना संक्रमित



काठमाण्डौँ
नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुलाई कोरोना संक्रमण भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि ३५ जना खेलाडी बोलाएका थिए ।
ए डिभिजन लिग खेलिरहेका खेलाडीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरुको पीसीआर परिक्षण गर्दा ७ जना खेलाडीमा कोरोना पुष्टि भएको जनाइएको छ ।
बन्द प्रशिक्षण आजदेखि शुरु भएको हो । नेपालले माघ १५ र १८ गते अफ्रिकी देश मौरिसससँग २ वटा मैत्रीपूर्ण खेलका लागि अभ्यास गरेको हो ।
खेलाडीसँग अफिसियलहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको बताए पनि नाम भने कसैको पनि सार्वजनिक गरिएको छैन ।


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया