३ माघमा बाणगंगाको १० औँ नगरसभा हुने

ई साझाकुरा,बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको १० औं नगर सभा माघ ३ गते हुने भएको छ । बिहिबार बसेको नगर कार्यापालिका बैठकले ३ माघमा विहान ८ बजे नगरपालिकाको सभाहलमा नगर सभा आयोजना गर्ने निर्णय गरेको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

यस्तै बैठकले जिल्ला समन्वय समितिमा पेश गर्ने गरि नगरपालिकाको स्वमूल्याङ्कनलाई स्वीस्कृत प्रदान गरेको छ ।
नगर प्रवक्ता पौडेलका अनुसार स्वमूल्याङ्कनमा नगरले ६७ प्रतिशत अङ्ग प्राप्त गरेको छ । यस्तै प्रथम नगर विकास आवधिक योजनालाई नगर सभामा पेश गर्ने गरि बैठकले स्वीकृत प्रदान गरेको छ । प्रवक्ता पौडेलका अनुसार नगर विकास आवधिक योजना निर्माण गर्दा मूख्यतया पाँच ओटा विषयहरुलाई प्राथमिकतामा राखिएको छ । जस अन्तर्गत आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वधार, वन वातावरण तथा विपत व्यवस्थापन र शुसासन तथा क्षमता अभिवृद्धि छन् ।

‘समृद्धि बाणगंगाको आधार, आर्थिक सामाजिक रुपान्तरणसहितको पूर्वाधार’ भन्ने नारालाई बैठकले स्वीकृत प्रदान गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभएको छ । बैठकले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत बाणगंगा १ मा रहेको मिरमिरे बचत तथा ऋण सहकारी छनोट गरेको छ ।

प्रतिक्रिया