

कपिलवस्तुमा २५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध (सूचना सहित )



ई–साझाकुरा, कपिलवस्तु ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बढ्दो कोरोनाको जोखिमलाई ध्यानमा राख्दै भोली देखि लागु हुने गरी १८ बुँदै निर्देशिका जारी गरेको छ । देशभर कोरोनाको जोखिम फेरी बढेपछि आज प्रमूख जिल्ला अधिकारी चक्रपाणी पाण्डेद्धारा जारी निर्देशिका अनुसार कपिलवस्तुमा धेरै मानिस एकैठाउँमा भेला हुने गरी कुनैपनि राजनितिक, प्रशासनिक एवम् सामाजिक र धार्मिक गतिविधि नगर्न आग्रह गरिएको छ ।
यस्तै २५ जना भन्दा बढीको भेला हुने गरी कुनैपनि मेला, भेला, महोत्सव, सडक बजार गर्न नपइने भएको छ भने माघी पर्वलाई पनि आफ्ना परिवार र टोलमा भिडभाड नहुने गरी मनाउन पनि प्रशासनले आग्रह गरेको छ । यस्तै कृषि उपज खरिद बिक्रि बाहेकका हाटबजार नलगान स्थानीय तहले व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।
यस्तै सार्वजनिक स्थालहरु होटल, रेष्टुरेन्ट, पार्टीप्यालेस तथा कर्बड हल, स्विमिङ पुल आदीमा जाँदा माघ ७ गते देखि अनिवार्य रुपमा खोप कार्ड मोवाईलमा फोटा खिचेर राखी देखाउनुपर्ने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । माघ ७ गते पछि जिल्लाका सबै सार्वजनिक क्षेत्रमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने उल्लेख छ । सेवा ग्राहीले खोपकार्डको फोटा मोवाईलमा भए पनि देखाउनुपर्ने छ ।
यस्तै विद्यालय संचालनको हकमा कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको शिफारिसमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना अनुसार माघ १५ गते सम्म भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्न नपाईने पनि उल्लेख छ । पुर्व निर्धारित समेष्टर र वार्षिक परीक्षाको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेट आकारमा विद्यार्थीको बसाई व्यवस्थापन गरी परीक्षा संचालनको अनुमति दिइएको छ । यस्तै सम्भव भए सम्म सार्वजनिक सेवाहरुलाई अनलाईन प्रणालीबाट गर्न गराउन पनि अनुरोध गरिएको जिल्ला प्राशासनले जनाएको छ भने वित्तीय संस्थाहरुमा पनि टोकन प्रणाली लागु गर्न भनिएको छ । यस्तै सार्वजनिक सवारी साधनमा पनि सिट क्षमता भन्दा बढी यात्रु राख्न प्रतिबन्ध गरिएको छ भने चालक र सहचालकले मास्क, र भाइजर पन्जाको प्रयोग गर्न भनिएको छ । यस्तै मास्क नलगाउने यात्रुलाई नराख्न पनि प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको सूचना


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी













प्रतिक्रिया