

वाणगंगाको डम्पिङ साइड : नेपाली कांग्रेस भलवाडले ग¥यो बिरोध



कपिलवस्तु
नेपाली कांग्रेस बाणगांगा नगरपालिकाले भलवाडमा कुनैपनि अवस्थामा फोहोर व्यवसथापनका नाममा डम्पिङ् साईड बनाउन नदिने जनाएको छ । आइतबार बसेको कांग्रेस वडा कार्यसमितिको बैठकले निर्णय समेत गरेको भन्दै वडा सभापति भुवनेश्वर पौडेलले भलवाडका कुनैपनि स्थानमा डम्पिङ साइड बनाउन नदिने बताउनुभयो । स्वास्थ्य र भुगोलका दृष्टिले भलवाड डम्पिङ साईड बनाउन उचित स्थान नभएको नेपाली कांग्रेस वडा समितिले जनाएको छ ।
नेपाली कांग्रेसका नेता तथा समाजसेवी दिपक थापाले देशका विकसित र जनघनत्व बढी भएका शहरका पालिकाले समेत फोहोरलाई मोहोरमा परिणत गर्न नसकेको अवस्थामा बाणगंगामा स्थायी डम्पिङ साइडका नाममा जनतालाई भ्रम पार्ने खेल भईरहेको बताउनुभयो । उहाँले फोहोर विस्थापन गर्न भलवाडको जमिन उपलब्ध गर्न नसकिने र यसका लागि आफु सँगै भलवाडका विभिन्न दलहरुसँग एकताबद्ध भई विरोध गर्ने बताउनुभयो ।
थापाका अनुसार नगरपालिकाले भने जस्तो फोहोरलाई मोहोर बनाउने भन्दा पनि यहाँका जनताहरुले भोली दुख पाउने स्थिति सिर्जना गर्न केही व्यक्ति लागेकाले सबै भलवाडका जनताले यसको खुलेर बिरोध गर्नुपर्ने बताउनुभयो । विकासमा नाममा जनप्रतिनिधिहरुले जनतामा भ्रम पैदा गर्न नहुने पनि उहाँको भनाई छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि स्थायी डम्पिङ साइड बनाउन प्रस्ताव गरेको वडा नम्बर ९ को स्थानमा विवाद बढ्दा नगरको फोहोर व्यवस्थापनको योजना अलपत्र अवस्थामा छ । हाल नगरको मुख्य बजार क्षेत्र चार नम्बर जितपुर लगाएतका स्थानको फोहोर बाणगंगा नदी किनार स्थित बाणगंगा पुल नजिकै हुँदै आएको । पूर्व पश्चिम राजमार्गको किनारमै फोहोर विस्थापन गर्दा समृद्ध नगरको दुर्गन्ध राजमार्ग भएर यात्रा गर्नेहरुले प्रष्ट अनुभव गर्ने गरेका छन् ।
नगरपालिको स्थायी डम्पिङ साइड बनाउन भन्दै वडा नम्बर ९ भलवाड स्थित नमुुना सामुदायिक वन क्षेत्रलाई प्रस्ताव गरे सँगै नगरका जनप्रतिनिधि तथा कार्यकारी अधिकृतहरु सहितको टोलीले पटक पटक सो स्थानको अध्ययन तथा अवलोकन गरेका छन भने विभिन्न समयमा छलफल र अन्र्तक्रिया समेत गर्दै आएका छन् । नमुना सामुदायिक बनले ओगटेको बस्ति देखी पश्चिमको क्षेत्रलाई नगरपालिकाले डम्पिङ साईड बनाउन प्रस्ताव गरेको छ भने दिर्घकालिन लक्ष्यका साथ स्थानीले फोहोरलाई सदुपयोग गरी रोजगारी समेत पाउन सक्ने महत्वकक्षि लक्षय समेत लिइएको छ ।
तर नगरपालिकाले भने जस्तो रोजगारी र फोहोरबाट आर्थिक आम्दानीको ग्यारेण्टी नदेखिदा भने सामाजिक सञ्जाल देखि खुल्ला कार्यक्रममा समेत भलवाडमा बन्ने भनिएको डम्पिङ साईडको खुलेर बिरोध भइरहेको छ । उता नगरपालिकाले समेत भलवाडमा विरोध उठेपछि अन्य वडामा स्थान प्रस्ताव पनि गरेको छैन । हाल भने सबै वडाले आ आफ्नो वडाको फोहोर वडा भित्रै विस्थापन गर्दै आएका छन् ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया