

मानवअधिकार समुहले बुझायो बाणगंगा नगरपालिकामा ध्यानाकर्षण पत्र



कपिलवस्तु ।
मानव अधिकार समुह बाणगंगाले बाणगंगा नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिकाको वडा नं. ८ स्थित जननी आधारभूत बिद्यालयमा पुस २३ गते स्थलगत अनुगमन गर्दा देखिएका समस्याहरुको पहिचान गरी समुहका उपाध्यक्ष ईन्दीरा पन्तको संयोजकत्वमा ध्यानाकर्षण पत्र बुझाईएको हो ।
ध्यानाकर्षण पत्रमा अनुगमन गर्दा टोलिले खानेपानी समस्या , खानेपानीको ट्याङ्की फुटेको पानी संचित गर्ने व्यबस्था नभएको , सेनेटरी प्याड गुणस्तरिय नभएको , बिद्यालयको कम्पाउण्डमा सटेर सार्बजनिक सौचालय निर्माण गरिएको र बिद्यार्थी खेल्ने मैदानमा सेफ्टी ट्याङ्की निर्माण गरिएको ट्याङ्की माथि छडहरु छताछुल्ल देखिएको उल्लेख गरिएको छ ।
यसैगरी बिद्यार्थी भर्ना संख्या ३ सय ५२ रहेको तर अर्धबाषिक परिक्षाको पहिलो दिन २ सय ५० जना मात्र परिक्षामा सहभागि देखिएको , घाम पानीलाई ओत लगाउन छाईएका टिनका जस्तापाताहरु जिर्ण आवस्थामा देखिएको , बिद्यालय मैत्री कम्पाउण्ड नभएको , बिद्यालयमा भर्ना भएका ३ प्रतिशत बिद्यार्थीहरु गरिवीका कारण बिद्यालय नियमित नभएको पाईको हुँदा यस बिषयमा नगरपालिका वा स्थानियतह जिम्मेवार देखिएको छ । सम्बन्धित नगरपालिकाले उक्त बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको शिक्षा , स्वास्थ्य , खाद्य र आवासका समस्याहरुलाई बुझि समाधानका लागि जोडदार माग गर्दछौं ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
ध्यानाकषर्ण पत्र बुझ्दै नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका बुँदाहरुलाई क्रमिक रुपमा समाधान गर्ने बताउनु भयो । बिद्यालयमा देखिएको खानेपानीको समस्यालाई तत्काल नै समाधान गर्नका लागि बिद्यायलय व्यबस्थापन समिती र प्रधानाध्यापक संग छलफल गरी समाधान गरिने बताउनु भयो ।
शिक्षा शाखा प्रमुख भट्टराईले यस बाणगंगा नगरपालिका बालमैत्री नगर घोषणा भएको हुँदा नगरपालिका भित्रका बिद्यालयका बिद्यार्थीहरु बिद्यालय बाहिर हुनु दुखको बिषय भएको भन्दै बिद्यालय बाहिर भएका बिद्यार्थीहरुको खोजी गरिने प्रतिबद्धता जनाउनु भयो । गरिवीका कारण शिक्षाबाट बञ्चित भएका बिद्यार्थीहरुलाई बिद्यालयमा टिकाई राख्न संबन्धित बिद्यालयबाट माग आएमा समस्याको समाधान तर्फ लाग्नुपर्ने बताउनु भयो ।
ध्यानाकर्षण पत्र समुहका उपाध्यक्ष ईन्दीरा पन्तको संयोजकत्वमा समूहका सदस्यहरु देवकला सुवेदी कमाल , रुपा राई गुरुङ् , एमुना पन्थी , इन्सेक सहजकर्ता पार्वती आचार्य लगाएतको उपस्थिती रहेको थियो । शिक्षा , स्वास्थ्य , खाद्य र आवासको सवालमा मानव अधिकार समूहले देखेका समस्याहरुको पहिचान गरेर सम्बन्धित निकाय सम्म पु¥याउनका लागि सदैव लागि पर्ने समुहका उपाध्यक्ष पन्तले प्रतिबद्धता जनाउनु भयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया