

एकैदिन कोरोनाका २७ लाख संक्रमित थपिए, अमेरिकामा मात्रै साढे आठ लाख, कहाँ कति ?


काठमाडौं
विश्वभर कोरोना भाइरसको महामारी उत्कर्षमा पुगेको छ । शुक्रबार एकैदिन २७ लाखको हाराहारीमा संक्रमित बढेका हुन् । त्यस्तैगरी साढे छ हजारको ज्यान गएको छ ।
सबैभन्दा बढी संक्रमित अमेरिकामा थपिएका छन् । अमेरिकामा ८ लाख ४९ हजार बराबर संक्रमित थपिएका हुन् । थप २ हजार २५ जनाले ज्यान गुमाएका छन् । त्यसतै फ्रान्समा ३ लाख २८ हजार २१४ जना संक्रमित थपिएका छन् । १९३ जनाले ज्यान गुमाएका छन् ।
बेलायतमा १ लाख ७८ हजार २५० संक्रमित थपिँदा २२९ जनाको ज्यान गएको छ । भारतमा १ लाख ४१ हजार ३७४ संक्रमित थपिँदा १५ जनाले ज्यान गुमाएका छन् । स्पेनमा १ लाख १५ हजार ९०० संक्रमितथपिँदा १५ को ज्यान गएको छ ।
अर्जेन्टिनामा १ लाख १० हजार ५३३ जना संक्रमित थँिदा ४२ ले ज्यान गुमाए । इटालीमा १ लाख ८ हजार ३०४ संक्रमित थपिँदा २२३ जनाको ज्यान गएको छ ।
टर्कीमा ६३ हजार २१४ जना संक्रमित हुँदा १५७ जनाले ज्यान गुमाए । जर्मनीमा ५९ हजार ३९३ जना संक्रमित थपिँदा २८४ जनाको ज्यान गएको छ । ब्रजिलमा ५४ हजार ९०० संक्रमित थपिँदा १४८ जनाले ज्यान गुमाएका छन् ।
रुसमा १६ हजार ७३५ जना संक्रमित थपिँदा ७८७ जनाले ज्यान गुमाएका छन् । युक्रेनमा ७ हजार १७७ जना संक्रमित थपिँदा १९२ को ज्यान गएको छ ।
दक्षिण अफ्रिकामा ९ हजार २५९ संक्रमित थपिँदा १४० को ज्यान गएको छ । पोल्याण्डमा ११ हजार ९०२ संक्रमित थपिँदा ११७ जनाको ज्यान गएको छ ।
मेक्सिकोमा २५ हजार ८२१ संक्रमित थपिँदा १२८ जनाको ज्यान गएको छ । फिलिपिन्समा २१ हजार ८१९ संक्रमित थपिँदा १२९ जनाको ज्यान गएको छ ।
क्यानाडामा ३४ हजार ९१९ संक्रमित थपिँदा ७३ जनाको ज्यान गएको छ । भियतनाममा १६ हजार २७८ संक्रमित थपिँदा २३३ जनाको ज्यान गएको छ ।
हंगेरीमा ६ हजार ५२४ संक्रमित थपिँदा १०१ जनाको ज्यान गएको छ । बुल्गेरियामा ५ हजार ५२४ संक्रमित थपिँदा ९६ जनाको ज्यान गएको छ ।
दक्षिण कोरियामा ३ हजार ७१६ संक्रमित थपिँदा ४५ जनाको ज्यान गएको छ ।
चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरदेखि फैलिन थालेको कोरोनाबाट चीनमा जम्मा १७४ संक्रमित थपिएका छन् । मृत्यु शून्य रहेको छ । अहिलेसम्म जम्मा १ लाख ३ हजार २९५ जना मात्रसंक्रमित भएका छन् । ४ हजार ६३६ जनाको ज्यान गएको छ ।
नेपालमा ९६८ संक्रमित थपिएका छन् । अहिलेसम्म ८ लाख ३१ हजार ५२ जना संक्रमित भइसकेका छन् । ११ हजार ६०२ जनाको ज्यान गइसकेको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया