

एमाले पाल्पाको अध्यक्षमा घिमिरे निर्विरोध


पाल्पा । नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनले पुराना नेता धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा निविरोध निर्वाचित गरेको छ । आकांक्षी धेरै भए पनि अन्तिममा घिमिरे निर्विरोध भएका हुन् ।
एमाले जिल्ला कमिटी १ सय ५ सदस्यीय रहेको छ । उपाध्यक्षमा देवीलाल लामिछाने, सचिव भोजराज पोखरेल (रामजी), उपसचिव टीका थापा र सुनिता शर्मा निर्विरोध भए । जिल्लाका ८१ वटै वडालाई समेटेर जिल्ला कमिटी निर्माण गरिएको छ ।
तानसेन नगरपालिका–९, तिन्टीआँप मदनपोखरामा एमालेको अधिवेशन शुक्रबार सुरू भएको हो । अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य दलबहादुर रानाले एमाले अझ बढी एकताबद्ध भएर आगामी निर्वाचनको तयारी गर्नुपर्ने बेला आएको बताए । उनले विकास निर्माणका ठूला काम एमाले सरकारले सुरु गरेकाले अब ती काम पूरा गर्न पनि निर्वाचन जित्नुपर्ने बताए ।
अधिवेशनका लागि जिल्लाका सबै वडा तथा पालिका तहबाट ७ सय प्रतिनिधि थिए । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेले जनताको माझमा पुगेर लोकप्रिय मत ल्याउन एकताबद्ध भएर जानुपर्ने बताए । लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कण्डेलले राष्ट्रिय सभाको निर्वाचन पाँच दलीय गठबन्धनका कारण पार्टी कमजोर हुन सक्ने तर आगामी निर्वाचनबाट एक नम्बरको पार्टी हुने बताए ।
एमाले केन्द्रीय सदस्य सिर्जना काफ्लेले जनतालाई एमालेप्रति आकर्षित गर्नुपर्ने दायित्व रहेको बताउँदै यो अधिवेशनले पार्टीलाई अझ बलियो बनाउनपर्ने चुनौती रहेको बताइन् ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया