लुम्बिनीका विभिन्न जिल्लामा अपराध र घटनामा परी एकको मृत्यु, एक जना पक्राउ,अबैध सामान बरामद

कपिलवस्तु ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुबाट प्रहरीले अबैध सामान बरामद गरेको छ । प्रदेशका रुपन्देही र बाँकेका विभिन्न स्थानबाट प्रहरीले अवैध सामान बरमद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाँकेको नेपालगंज उपमहानगरपालिका १० ट्राफिक चोकबाट गस्तिमा खटिएको प्रहरीको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि गरी ल्याइएका चिनी, पित्तलको मूर्ती सहित कपडाहरु गरी एक लाख ५५ हजार मूल्यका सामान बरामद गरेको हो ।
यसैबिच यता रुपन्देहीबाट पनि प्रहरीले भन्सार छलीका ७० हजार बराबरको सामान बरामद गरेको छ । सिद्धार्थनगर नगरपालिका ५ मा चेकजाँचका क्रममा प्रहरीले सो सामान फेला पारेको हो । मोटरसाईकलका पार्टपुर्जा सहित अन्य सामान बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै रुपन्देहीको मायादेवी गाउँपालिका ७ बाट पनि ४० हजार बराबरको अबैध चिनी समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै उता बाँकेमा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २१ पुरैनीबाट नेपालगञ्ज उपमहानगरपालिका ६ फुलटेग्रा बस्ने २१ वर्षीय प्रमोद सोनखरलाई चेकजाँचका क्रममा लागुऔषध सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले २४ ग्राम ५ सय मिलीग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको हो । सोनखरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
यसैबिच यता गुल्मीमा एक महिलाको आगोले जलेर ज्यान गएको छ । पुष ११ गते आफ्नै घरमा दुध तताउने क्रममा आफैले लगाएको कपडामा आगो सल्किएर घाइते भएकी गुल्मी दरबार गाउँपालिका स्थित ६२ वर्षीय मिना थापाको उपचारका क्रममा बुधबरा ज्यान गएको हो । उनको पाल्पा स्थित युनाइटेड मिसन हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै