

अर्घाखाँचीबाट महामन्त्री थापाको उद्घोष : पार्टीमा गुटबन्दी अन्त्य गर्छौँ


अर्घाखाँची ।
नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि गगन थापाको पहिलो कार्यक्रम अर्घाखाँचीबाट सुरु भएको छ । कार्याक्रममा थापाले पार्टीमा गुटबन्दी र भागबन्डाको अन्त्य गर्ने बताउनुभएको छ ।
सोमवार नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले अर्घाखाँचीको दुर्गाफाँटमा गरेको आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गुटबन्दी र भागबन्डा अन्त्य गर्दै विधानसम्मत पार्टी चलाउने बताउनुभएको हो ।
उहाँले गरिबीमा रहेको जनसङ्ख्यालाई कसरी उकास्ने तथा बेरोजगारीलाई कसरी रोजगारी सृजना गर्ने भन्ने दिशामा कांग्रेस अगाडि बढ्ने बताउनुभयो । कतार तथा मलेसियामा गएका युवाहरूलाई देशमै रोजगारी सृजना गर्ने कांग्रेसको अबको रणनीति हुने उहाँको भनाइ छ ।
महामन्त्रीमा निर्वाचित भएपछि काठमाण्डौ उपत्यकाबाहिरको पहिलो आमसभालाई सम्बोधन गर्दै नेता थापाले पालिका चुनाव वैशाखमा हुने तथा प्रदेश र सङ्घको चुनाव मङ्सिरमै हुने भएकाले त्यसको तयारीमा लाग्न कार्यक्रताहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसासले केपी ओलीका कारण देश पछाडि धकेलिएको बताउनुभयो । उहाँले नागरिकको बलीदानीबाट प्राप्त भएको संविधान र गणतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस पार्टी जस्तोसुकै मूल्य चुकाउन पनि पछाडि नपर्ने बताउनुभयो । उहाँले अर्घाखाँचीको विकासमा नेपाली कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
यस्तै नेकपा नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, रेवती पौडेल, विष्णुभक्त पोख्रेल सहित ४७५ जना नेकपा एमाले, माओवादी र नेकपा एकिकृत समाजवादी पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्नुभएको काँग्रेस अर्घाखाँचीका नेता डा. इन्द्रमणि पौडेलले बताए ।
नवप्रवेशी ४७५ जनालाई काँग्रेसमा महामन्त्री गगन थापाले स्वागत गरेका हुन । स्वागत गर्दै थापाले काँग्रेसमा प्रवेश गरेकाहरुलाई निराश नपार्ने गरी जनताको पक्षमा काम गर्ने बताए । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यद्वय पुस्पा भुसाल, सञ्जय गौतम, प्रदेश सहमहामन्त्री विष्णु मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठ, नेविसंघका महामन्त्री युवराज पाण्डेले मन्तव्य राख्दै काँग्रेसलाई एकजुट बनाएर लैजाने बताए ।
कार्यक्रम नेपाली काँग्रेस पाणिनीका सभापति तुल्सिराम पौडेलको अध्यक्षता, जिल्ला सचिव अच्युत गौतमको सञ्चालन र यादव घिमिरेको स्वागतमा सम्पन्न भएको हो ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया