

कोठामा कोइला बालेर सुतेका श्रीमानको मृत्यु,श्रीमती गम्भिर



दाङ ।
दाङमा कोइला बालेर सुतेका एक युवकको मृत्यु भएको छ। लमही नगरपालिका ९ अमिलियामा डेरा गरी बस्दै आएका प्युठानका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार राति श्रीमान्–श्रीमती कोठाको झ्याल ढोका बन्द गरेर कोइला बालेर सुतेका थिए।
बिहान उठ्ने वेलामा कुसुमको मृत्यु भइसकेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए। गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पुर्याइएकी कुसुमकी पत्नीको अवस्था अहिले भने सामान्य छ।
मृतक कुसुमको शव घरमै छ। प्युठानबाट उनका परिवार आएपछि मात्रै शव परीक्षणका लागि अस्पताल लैजाने प्रहरीले जनाएको छ।
कोइला बालेर सुत्दा कोठामा अक्सिजनको कमी भएपछि कुसुमको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया