

पूर्वपश्चिम राजमार्ग बन्द गर्ने डा. सीके राउतको घोषणा



काठमाडौँ ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले बिहिबारदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्द गर्ने घोषणा गरेको छ । पार्टी अध्यक्ष राउतले बुधवार राति विज्ञप्ती जारी गरेर १५ पुसदेखि पूर्वपश्चिम राजमार्ग दिउँसोको समयमा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको हो ।
किसानको मुद्दा बोकेर आन्दोलन सुरु गरेको पार्टीले मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरुको कार्यक्रममा समेत विरोध गर्ने जनाएका हुन् ।किसान आन्दोलनका सात बुँदे मागमध्ये कुनैपनि माग पूरा नगरेकाले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रीस्तरीय–उच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिनसमेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको राउतले आरोप लगाएका छन् । जनमत पार्टीले सिरहाको औरही गाउँपालिकाले आफ्नो भण्डार कक्षबाट गहुँको बीउ लुटेको आरोपमा चार किसानमाथि अपराधिक उपद्र सम्बन्धी मुद्दा दर्ता गराएको र तीमध्ये मिथिलेश यादव पक्राउ परेपछि पुस ९ गतेबाट जनमत पार्टी आन्दोलन सुरु गरेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया