

सेन्ट्रल जोन विजेता खेलाडीलाई जनही ५ लाख


काठमाडौं । बंगलादेशमा मंगलबार सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विजेता खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकलाई नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले नेपाली टोलीका १२ खेलाडीलाई जनही पाँच लाख रुपैयाँबाट सम्मान गर्ने निर्णय गरेको हो। यसैगरी दुई प्रशिक्षकलाई जनही तीन लाख र टिम व्यवस्थापकलाई दुई लाख रुपैयाँबाट पुरस्कृत गर्ने निर्णय गरेको छ।
अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, कृपा अधिकारी, सुनिता खड्का, सोफिया पुन, शान्ति थारु, सलिना श्रेष्ठ, उषा भण्डारी, कामना विष्ट, मनिषा चौधरी र लक्ष्मी चन्द छन्। यसैगरी मुख्य प्रशिक्षकमा जगदीश भट्ट र सहायक प्रशिक्षकमा भरत यादव छन्। टिम व्यवस्थापकमा भने नेपाल भलिबल संघकी केन्द्रीय सदस्य ज्योति केसी छिन्। उपाधि विजेता नेपाली टोली बिहीबार स्वदेश फर्कने छ।
ढाकामा मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले दोस्रो पटक सेन्ट्रल जोनको उपाधि जितेको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५ २२–२५, १५–१० ले पराजित गरेको थियो।
यसअघि सन् २०१९ मा बंगलादेशमै भएको पहिलो संस्करणको उपाधि पनि नेपालले जितेको थियो। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, श्रीलंका, किर्गिस्तान र उज्वेकिस्तानले सहभागिता जनाएका थिए। ६ वटै टोलीले राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरेका थिए। नेपालले राउन्ड रोबिनका पाँच वटै खेलमा जित निकालेको थियो। प्रतियोगितामा पुरुष टोली भने चौथो स्थानमा खुसम्चियो। तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।अन्नपूर्णमा समाचार छ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया