


एकता जोगाउन नसक्दा पछुतो छ : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपाको एकताको जोगाउन नसक्दा आफूलाई पछुतो भएको बताएका छन् ।
आइतबार काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा माओवादी केन्द्रको ८औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्नु कुनै गलत नभएको बताए ।
जनतामा जाने काम प्रतिगमन नभएको भन्दै उनले नेकपा एकता टुटे पनि जनतामा जान सक्नुपर्ने बताए । उनले हालसम्म राज्यमा भएको उपलब्धि कुनै एक दलले दिलाएको उपलब्धि मात्र नभएको पनि बताए । १२ बुँदे सहमति दोस्रो जनआन्दोलन संविधान निर्माण र संघीयताको विजारोपण सामूहिक प्रयासमा भएको उनले बताए ।
नेपालमा तीनवटा क्रान्ति गर्दा पनि मुलुकलाई परिर्वतन गर्न नसकेको भन्दै उनले जनताले क्रान्तिमात्र नभएर विकास पनि खोजेको बताए ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया