

एपीएफ र एनआरटीले ३–३ गाेलकाे बराबरी खेले

काठमाण्डाै
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएकाे पहिलाे खेलमा सशस्त्र प्रहरीकाे एपीएफ र न्युराेड टिम (एनआरटी) ले अङ्क बाँडेका छन् ।
छेटाैँ चरणअन्तर्गत त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा एफीएफ र एनआरटीले तीन–तीन गाेलकाे बराबरी खेलेका हुन् ।
खेलकाे ३२ औँ मिनेटमा दर्शन गुरुङले गाेल गर्दै एनआरटीलाई अग्रता दिलाए । तर एनआरटीकाे याे अग्रता धेरै मिनेट टिकेन । ३७ औँ मिनेटमा एपीएफका आशिष लामाले गाेल गर्दै खेल बराबरीमा पुर्याए । याेसँगै पहिलाे खेल एक–एक गाेलकाे बराबरीमा सकियाे ।
दाेस्राे हाफकाे ४८ औँ मिनेटमा एनआरटीका दर्शन गुरुङले व्यक्तिगत दाेस्राे गाेल गर्दै टिमलाई अग्रता दिलाए । फेरि खेलकाे ६० औँ मिनेटमा एनआरटीका विदेशी खेलाडी मिसाेकी इटिग्ने ओलुमाेउले गाेल गर्दै टिमकाे अग्रता बढाए । तर खेलकाे ६५ औँ मिनेटमा एपीएफका दिपेश धिमालले गाेल गर्दै टिम खेलमा फर्किएकाे सङ्केत देखाए । फेरि ६९ औँ मिनेटमा एपीएफका नवीन लामाले गाेल गर्दै खेल बराबरीमा ल्याए ।
आजकाे बराबरीसँगै एनआरटी ६ खेलमा सात अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा पुगेकाे छ । उति नै खेल खेलेकाे एपीएफ पाँच अङ्कसहित एघाराैँ स्थानमा छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया