

एसएसपी सुशील यादव मृत अवस्थामा भेटिए



काठमाडौं । रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला परेका छन् ।
संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार मृत फेला परेका हुन् । उनी निवासमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले बतायो ।
नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादव झुण्डिएका अवस्थामा सरकारी निवासभित्र फेला पर्दा उनलाई नजिकबाट चिन्ने प्रहरी अधिकृतहरु आश्चर्यमा परेका छन् । सधै हाँस्न र हसाउनुपर्ने स्वभावका थिए यादव ।
उनलाई नजिकबाट चिन्ने एकजना प्रहरी अधिकृतले भने,‘उहाँ निकै हसाइरहनुपर्ने हुनुहुन्थ्यो ।’ जिमका सौखिन थिए यादव । जहाँ खटिएर गएपनि जिमशाला बनाइहाल्थे ।
शारीरिक रुपमा पनि हृष्टपुष्ट थिए । भीमकाय शरीरका यादवको कार्यक्षमता पनि राम्रो थियो । उनी बढुवामा भने पछि परेका थिए ।
सुशील यादवका ब्याची विश्वराज पोखरेल र सहकुल थापा एआइजीमा बढुवा भइसकेका छन् । उनको बढुवा रोकिंदा एसएसपीमै सेवानिवृत्त हुने अवस्था बनेको थियो । १५ माघमा पनि उनी सेवानिवृत्त हुँदै थिए ।
यादव मधेशी समुदायबाट प्रहरीको माथिल्लो तहमा पुग्ने थोरै प्रहरीमध्येका थिए ।
प्रहरीले उनको मृत्युको कारणबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया