विद्यालय लक्षित खोप अभियान : कपिलवस्तुमा बिहिबार सम्म ६० हजारले मेर्डाना खोप लगाए

कपिलवस्तु । बाणगंगा नगरपालिका सहित कपिलवस्तुका अन्य पालिकामा विद्यालय लक्षित खोप कार्यक्रम चलिरहेको छ । कपिलवस्तुमा विहिबारसम्म करिब ६० हजार बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

जिल्लाका १० पालिकामा संचालन गरिएको खोप अभियान अन्तर्गत विद्यालय उमेर समूह अर्थात् १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाईएको हो । यो अभियान १४ पुससम्म सञ्चालन गर्ने र ८० हजार बालबालिबालाई खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए ।

बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत ठगराज पौडेलका अनुसार बाणगंगामा विहिबारसम्म ७ हजार ३ सय ११ जना विद्यार्थीलाई खोप दिईसकिएको छ । विहिबार एकैदिन २ हजार ५ सय ११ जना बालबालिकालाई खोप लगाईएको पौडेलले बताए । बाणगंगाका करिब १३ हजार ४ सय बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको र उक्त लक्ष्य पुरा हुने उनले दाबी गरे । यस्तै पौडेलले खोप अभियानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको पनि बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको टोलीले जिल्लाका विभिन्न विद्यालयमा संचालन भईरहेको खोप अभियानको निरन्तर अनुगमन गर्ने कार्य गरिरहेको कार्यालय प्रमुख हेमराज पाण्डेले बताएका छन । अनुगमनका क्रममा खोप लगाईसकेपछि बालबालिकामा कुनै गम्भिर असर नरहेको पनि उनले बताए । जिल्लामा हाल कक्षा ६ देखि माथि कक्षा संचालन भईरहेका विद्यालयमा पुगेर कोभिडविरुद्धको खोप सञ्चालन भईरहेको छ ।

प्रतिक्रिया

खबर सबै