बाणगंगा ७ का ३ सय बढी जेष्ठ नागरिकले पाए न्यानो ज्याकेट

कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिकाले चालु आर्थिक वर्षका लागि वडा बाट विनियोजित लक्षित वर्गको बजेटबाट बुधबार (आज) वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

वडा नम्बर ७ मोतिपुर स्थिति वडा कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमबाट वडाका ३ सय बढी जेष्ठ नागरिकहरुलाई वडा कार्यालयले न्यानो कपडा स्वरुप एक एक थान हुड आर्थत ज्याकेट वितरण गरेको हो ।

न्यानो कपडा वितरण कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले जेयष्ठ नागरिकहरुका लागि तीनै तहका सरकारहरुले विशेष काम गरिरहेको बताउनुभयो । केन्द्र सरकारले जेष्ठ नागरिकहरुका लागि मासिक भत्ताको व्यवस्था गरको भन्दै प्रदेश सरकारले समेत बृद्धबृद्धाहरुको लागि विभिन्न कार्यक्रम ल्याएको र स्थानीय तह अन्र्तगत वडा सरकारले समुदायका जेष्ठ नागरिकहरुलाई जाडो छेक्न न्यानो कपडाको बन्दोबस्त गर्नु उल्लेख्य कार्य रहेको बताउनुभयो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाक उप मेयर चक्रपाणी अयालले बाणगंगामा वडा नम्बर ७ ले हरेक क्षेत्रलाई ध्यानमा राख्दै काम गरेको बताउनुभयो । नगरपालिकाले समेत लक्षित वर्गका समुदायलाई विभन्नि कार्यक्रम मार्फत समेट्ने काम गरेको पनि उहाँको भनाई थियो । समुदायका बृद्धबृद्धाहरुको अनुभवबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने भएकाले जेष्ठ नागरिकहरुका लागि वडा कार्यालयहरुले बजेटको प्रबन्ध गर्नू राम्रो काम रहेको पनि उहाँको भनाई थियो ।

गत वर्ष पनि वडाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको स्मणर सहित यस वर्ष पनि जेष्ठ नागरिकहरुको लागि वडाले न्यानो कपडा वितरण गरेको वडा अध्यक्ष विष्णु गिरीले बताउनुभयो । बाणगंगामा वडा नम्बर ७ को विकासका लागि भौतिक पूर्वाधार सँगै लक्षित वर्गका योजनाहरुलाई पनि एक साथ आफु र आफुनो टिमले काम गरिरहेको गिरीले बताउनभुयो ।

कार्यक्रममा स्थानीय समाजसोवी तथा पुर्व गा.वि.स अध्यक्ष नेत्रज्योति गिरी, वडा कार्यसमिति, टोल विकास संस्थाका पदाधिकारी, वडा कार्यालयमा कर्यरत कर्मचारी सहित संचारकर्मी लगाएको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

खबर सबै