


प्रतिनिधिसभा बैठक आजपनि बस्दै, ९ कार्यसूचीमाथि छलफल हुने



काठमाडौं
आजपनि प्रतिनिधिसभाको बैठक बस्दै छ । प्रतिनिधिसभाको दसौँ अधिवेशनको तेस्रो बैठक आज बस्न लागेको हो ।
आजको बैठक संसद भवन नयाँ बानेश्वरमा दिउसो १ बजेबाट बस्दैछ । आजको बैठकमार्फत केही अध्यादेशहरू स्वीकृतिका लागि पेस गर्ने संसद सचिवालयले जनाएको छ ।
आजको संसद बैठकमा ९ कार्यसूची तय गरिएका छन् । यद्यपि कति विषयले प्रवेश पाउने भन्ने टुंगो छैन ।
बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय), ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश गृहमन्त्री बालकृष्ण खाँणले पेश गर्ने जनाइएको छ ।
त्यस्तैगरी ‘रेल्वे अध्यादेश, २०७८ स्वीकृतिका लागि पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गर्ने कार्यसूची रहेको छ।
बैठकको प्रारम्भमा बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले निकालेको सुचनामा जनाइएको छ ।
उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद अवरोध गर्दै आएको छ । मंगलबार (हिजो) एमालेको विरोधका बीच दुई वटा अध्यादेश स्वीकृत गरिएको थियो ।
एमालेको बिरोधका कारण एमसीसीको बिषयले प्रवेश पाएको छैन । आफूले कारवाहीका लागि सिफारिस कार्यन्वयन नगरेको भन्दै एमालेले संसद अवरोध गरिरहेको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया