


सर्वदलीय बैठक : एमसीसीबारे दलहरुका फरक फरक मत



काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सर्वदलीय बैठक टुंगिएको छ । बैठकमा एमालेले गर्दै आएको संसद अवरोध र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेमा बृहत छलफल भएको छ । तर, बैठकले दुवै समस्याको हल गर्न भने सकेन ।
छलफलका क्रममा सत्तारुढ गठबन्धन दलकै नेताहरुबीच भनाभन भएको छ । बैठकमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेताहरुले एमसीसी पास हुनुपर्ने धारणा राखेका थिए भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी ९नेकपा एस०, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० लगायतले एमसीसी संशोधन नभई पारित नहुने धारणा राखेका छन् ।
बैठकपछि बाहिरिएका नेमकिपाका सांसद प्रेम सुवालले संशोधनविना एमसीसी पास नहुने बताउँदै बैठकमा पार्टीबाट आफ्नो प्रष्ट धारणा राखेको बताए । यसबीचमा उनले कांग्रेस र जसपाका नेताले एमसीसी पास हुनुपर्ने अडान राखेपछि बैठकमा केही चर्को स्वर पनि भएको सुनाए ।
उनका अनुसार सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पास गर्नुपर्ने भनेपछि माओवादी नेता नारायणकाजी झोक्किदै सिधै संशोधनविना एमसीसी पास नहुने भनेर भनेका थिए ।
उनले भने, ‘ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पास हुनुपर्छ भन्ने संकेत गरेपछि नारायणकाजीले सिधै यस्तो हुँदैन भन्नुभयो ।’
यसैगरी बैठकमा जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै प्रधानमन्त्री कालमा एमसीसी सम्झौता भएको र पास हुनुपर्ने माग राखेका थिए । तर, उक्त कुराको खण्डन गर्दै संशोधनविना एमसीसी पारित नहुने भनेर भनेको सांसद सुवालले बताए ।
उनले भने, ‘मेरै पालोमा एमसीसी सम्झौता भएको थियो, पास गर्ने हो भनेर भन्नुभयो । तर, हामीले हुँदैन भने भनेका छौँ ।’ तर, पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने यस विषयमा केही नबोलेको पनि उनले बताए ।
बैठकपछि सञ्चाकर्मीसँग बोल्दै सञ्चारमन्त्री कार्कीले एमसीसीका विषयमा सबै दलहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले यस विषयमा छलफल गर्न एमाले अनुपस्थित भएको र कारण भने थाहा नभएको बताए ।
बैठकले संसद अवरोध र एमसीसीका सन्दर्भमा कसरी अघि बढ्न सन्दर्भमा ठोस निर्णय गर्न सकेको छैन भने प्रतिपक्ष दल एमाले नआएपछि ठोस निर्णय अघि बढ्न नसकेको हो।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया