

लाइसन्सको ट्रायल सेन्टर र कर बुझाउन कपिलवस्तुमा सेवा कार्यालय खोल्ने तयारी



राजेन्द्र खनाल, कपिलवस्तु ।
लुम्बिनी प्रदेश सरकारको श्रर्म,रोजगार तथा यातायात व्यवस्था मन्त्रालले कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय स्थापनाको तयारी गरेको छ ।
कपिलवस्तु र अर्घाखाँची जिल्लालाई लक्षित गरी कपिलवस्तुमा सेवा कार्यालय स्थापना गर्ने गरी मन्त्रालयले तयारी गरेको श्रम रोजगार तथा यातायात व्यवास्था मन्त्रालयका सचिव दिपकराज नेपालले जानकारी दिए ।
स्थान निर्धारण गरी कपिलवस्तुमा कहाँ कार्यालय स्थापना गर्दा ठिक हुन्छ भन्ने विषयमा मन्त्रीपरिषद् बैठकमा छलफल भई स्विकृत भएपछि छिट्टै कार्यालय स्थापना गरी काम थालिने नेपालले बताए । अहिले मन्त्रालयले कपिलवस्तु र अर्घाखाँची जिल्लालाई लक्षित गरी कार्यालय स्थापनाको तयारी तिव्र रुपमा भईरहेको सचिव नेपालले बताएका छन् । कपिलवस्तु सँगै प्रदेश सरकारले नवलपसारीमा पनि यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने छ ।
कपिलवस्तुमा सो कार्यालय स्थापना भए सँगै यातायातको कर तिर्न, नविकरण गर्न, सवारी चालक अनुमती पत्र नविकरण र नयाँ चालक अनुमति पत्र लिनका लागि रुपन्देही धाउन पर्दैन । कार्यालय कपिलवस्तुको सदरमुकाम क्षेत्र तौलिहवामा स्थापना गर्ने वा बुद्धभुमि नगरपालिकाको गोरुसिँगेमा स्थापना गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताएको छ । मुख्य सेवा कार्यालय सदरमुकाममा स्थापना भए सवारी चालक अनुमति पत्रको ट्रायल सेन्टर भने खुला स्थानको राजमार्ग क्षेत्रमै स्थापना हुन सक्ने मन्त्रालयका सचिव नेपालले बताए ।
यातायात व्यवस्था कार्यालयको सेवा क्षेत्र कपिलवस्तुमा पनि विस्तार हुन लागे सँगै जिल्लाका राजनितिक दलका शिर्षस्त नेताहरुले आफ्नो क्षेत्रमा कार्यालय स्थापना हुनुपर्ने विचारसहित तानातानको स्थिति समेत सुरु भएको छ । कपिलवस्तुमा कार्यालय खोल्ने विषय राम्रो रहेको बताउँदै दलहरुले अर्घाखाँची र कपिलवस्तुका सबै नागरिकहरुलाई पायक पर्ने स्थानमा कार्यालय बनाउनुपर्ने उल्लेख गरेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया