राष्ट्रिय युवा संघ नेपाल बाणगंगाका सबै वडामा भए कमिटि गठन

हरि आचार्य/ कपिलवस्तु ।

नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटिले नगरका ११ वटै वडामा वडा कमिटि गठन गरेको छ । संघको नगर अधिवेशन पश्चात् वाणगंगा नगरपालिकामा संगठन विस्तार तिव्र रुपमा अघि बढाईएको हो । केही समयअघि नगरले नयाँ नेतृत्व चयन गरेसंगै राष्ट्रिय युवा संघ नेपाल संगठन विस्तारमा जुटेको हो । केन्द्रिय सदस्य समेत रहेका वाणगंगा नगर कमिटि अध्यक्ष कमल क्षेत्रीको नेतृत्वको नयाँ टिम आएसंगै छोटो समयमै सबै वडामा वडा कमिटि गठन गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा नगर कमिटि कमल क्षेत्रीले जिल्लाका १० वटै स्थानीय तहभन्दा बाणगंगा नगर कमिटि तदारुकताका साथ लागेकाले सबै वडामा वडा कमिटि गठन सम्पन्न गरिएको बताउनुभयो । उहाँले पार्टीलाई मजबुद, बलियो र सबल बनाई संमृद्ध समाज निर्माणका लागि युवासंघको अहम भुमिका रहने समेत बताउनुभयो । पार्टीको तर्फबाट युवा जिल्ला सह–ईन्चार्ज समेत रहनुभएका क्षेत्रीले युवालाई जहाँ जे समस्या पर्छ पार्टीसंग समन्वय गरि त्यो समस्या समाधान गर्न आफू सदैव तयार रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सोहि क्रममा बाणगंगा नगरपालिका वडा नं. १० मा पनि वडा कमिटि गरिएको छ । नगर कमिटिद्धारा आयोजित युवा भेला तथा अधिवेशनबाट बिष्णु मणि चौधरीको अध्यक्षतामा ८ जना पछि मनोनित गर्ने गरि २९ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा धर्म पन्थी, सचिवमा माधव गौतम, सह–सचिवमा दिपक थारु र राम नरेश थारु चयन हुनुभएको छ अन्य सदस्यमा रहनुभएको छ । नव निर्वाचित कमिटीलाई प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सरिता थारुले सपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि थारुले नव गठित कमिटिलाई हार्दिक बधाई ज्ञापन गर्दै पार्टीको विधान निर्देशन अनुसार अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले गरिव, निमुखा जनताको विकासका लागि नेकपा एमालेको विकल्प नरहेको बताउनुभयो । उहाँले अब युवाहरु संगठित उत्पादन कार्यमा जोडिएर पार्टीलाई मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एमाले जिल्ला सचिवालय सदस्य बिष्णु प्रसाद गौतमले युवाहरु संगठित भई पार्टीको लक्ष्य पुरा गर्नमा सहयोग गर्न आग्रह गर्नुभयो । एमालेको जनलहर देखेर अन्य पार्टी अत्तालिएकाले यस्तो बेला हामी सचेत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य तथा वडा ईन्चार्ज यम प्रसाद पोख्रेल, वडा कमिटि अध्यक्ष शिवचरण सिंह थारु लगायतले देशको संमृद्धिका लागि एमालेको विकल्प नरहेको बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपालका नगर कमिटि सदस्य राजाराम थारुको अध्यक्षता, अनिश अधिकारीको स्वागत मन्तब्य तथा हरि आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

खबर सबै