आइतबार देखी बाणगंगामा मतदाता नामावली सङ्कलन गरिने

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा पुष ४ देिख १८ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने कार्य सुरु हुने भएको छ । निर्वाचनको मिति घोषणा भए पश्चात मतदाता नामावली सङ्कलन तथा दर्ता कार्य स्थगित गर्नु पर्ने भएकाले सो अगावै दर्ता छुट भएका नागरिकको नामावली दर्ता गर्नका लागि निर्वाचन कार्यालयले संकलन कार्य सुरु गरेको हो ।

मतदाता नामावली निर्वाचनको आधारस्तम्भ भएको हुँदा यसको सङ्कलन तथा अद्यावधिक गरी निर्वाचनमा मतदाताको सहभागिता अभिवृद्धिका लागि यस कार्यक्रमको महत्वपूर्ण भूमिका रहन्छ । जस अनुसार आज शुक्रबार बाणगंगामा अभिमुखिकरण कार्यक्रम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहमा जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालय, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरुसँगको समन्वय र सहकार्यमा जानकारी तथा अभिमुखिकरण कार्यक्रम गरेको हो ।

मतदाता नामावली संकलन तथा दर्ता कार्यमा आम मतदाताको पह‘ुचलाई सहज गराउनु तथा लोकतान्त्रिक राज्यको शासन व्यवस्थामा जनताको सहभागिताका गराउनु यस कार्यक्रमको मुख्य उदेश्य रहेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख ज्ञानुराम पन्थीले बताए । यस्तै बाणगंगा नगरपालिकाको पशु सेवा शाखाको कक्षमा हुन लागेको मतदाता नामावली संकलनमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष मतदान गर्न योग्य नागरिहरु कोहि पनि नछुुटुन् भनेर सरोकारवालाहरुलाई ध्यानकेन्द्रित गराईएको प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले बताए । यस्तै कार्यक्रममा नगर उप प्रमुख चक्रपाणि अर्यालले मतदाता नामावली ऐन, २०७३ ले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने विधि र प्रक्रिया अपनाए अनुसार बाणगंगाका नगरवासिहरुलाई मताधिकारको प्रयोगका लागि आफ्नो नामावली सङ्कलन गरि सहयोग गरि दिन आग्रह गरे ।

बाणगंगामा सङ्कलन हुने मतदाता नामावलीमा पुष ४ गते देखि प्रत्येक दिन एक, एक वडाका नागरिक सहभागी भएर नामवली दर्ता गराउन नगरले आग्रह गरेको छ । जसमा बाणगंगा वडा नं.१ को ४ गते, वडा २ कोे ५ गते, वडा ३ कोे ६ गते, वडा ४ को ७ गते, वडा ५ को ८ गते नामवली संकलन हुने भएको छ । यसैगरि वडा नं. ६ को ९ गते, वडा नं. ७ को १० गते, वडा नं. ८ को ११ गते, वडा नं. ९ को १२ गते, वडा नं. १० को १३ गते र वडा नं. ११ को १४ गते सम्म संञ्चालन हुने नगले जनाएको छ ।

यस्तै बाँकी ४ दिन छुटेका नागरिकको नामावली दर्ता हुने छ । ंनगरपालिकामा मतदाता नमावलि संकलनमात्र हुने र अन्य नामावलि सरुवा तथा सच्याउन परेमा जिल्ला निर्वचनमा गई सच्याउन सकिने छ ।

प्रतिक्रिया

खबर सबै