

भारतमा बिहे गर्न महिलाको न्यूनतम उमेर २१ वर्ष तोकियाे, मुस्लिम समुदायद्वारा विरोध





काठमाण्डाै – भारत सरकारले महिलाका लागि विवाह गर्ने न्यूनतम उमेर हद १८ वर्षबाट बढाएर २१ वर्ष पुर्याएको छ । यस अघि विवाहका लागि पुरुषको उमेर २१ वर्ष र महिलाको उमेर १८ वर्ष रहेकोमा अब महिला र पुरुष दुबैको न्यूनतम उमेर २१ वर्ष तोक्ने निर्णय भएको बीबीसी हिन्दीले जनाएको छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार कानुनमा संशोधनपछि नियम लागू हुनेछ । यस अघि सन् १९९५ मा बनाइएको कानुनले विवाहको लागि महिलाको न्यूनतम उमेर १८ वर्ष तोकेको थियो । सरकारले बनाएको एउटा समितिले महिलाको विवाहको उमेर हद पुरुषसरह बनाउन सिफारिस गरेको थियो । समितिका अध्यक्ष जया जेटलीले प्रत्येक क्षेत्रमा लैंगिक समानता र सशक्तीकरणको कुरा भइरहेका बेला विवाहको उमेरमा पनि समानता आवश्यक रहेको बताउनुभयो ।
विवाहका लागि १८ वर्षमै कानुनी मान्यता दिँदा महिलाले अध्ययन पूरा गर्न नपाउने, छिटै गर्भधारण गर्नुपर्ने लगायतका समस्या देखिएकोले २१ बर्ष उपयुक्त हुने उहाँले बताउनुभयो । एउटा अध्ययन अनुसार अहिले २३ प्रतिशत भन्दा धेरै महिलाको विवाह १८ वर्षभित्रै भैरहेको छ । सरकारको निर्णयको मुस्लिम समुदायले भने विरोध गरेका छन् । इण्डियन युनियन मुस्लिम लिगले सरकारको निर्णयको विरोध गर्दै यो नियम मुस्लिम समुदायमाथिको अतिक्रमण भएको आरोप लगाएको बीबीसी हिन्दीले जनाएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया