

आर्मीले अग्रता जाेगाउन सकेन, सातदाेबाटाेसँग बराबरी


काठमाण्डाै
शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएकाे छ ।
त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने आर्मीले लियो । खेलको १० औँ मिनेटमा दिनेश हेन्जनले पेनाल्टी बक्सबाट गोल गर्दै आर्मीलाई एक–शून्यलाई अग्रता दिलाए ।
आर्मीको त्यो अग्रता लामो समयसम्म भने टिक्न सकेन । खेलको १६ औँ मिनेटमा सातदोेबाटोका मार्टिन्स अजायीले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै पाँच खेलबाट नौ अङ्क जोड्दै आर्मी तेस्रो स्थानमा यथावत् रहेको छ । यता बराबरीपछि सातदोबाटो भने आठ अङ्कका साथ लिगको चौथो स्थानमा उक्लिएको छ । समान चार खेल खेलेको मच्छिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब १०–१० अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया