कपिलवस्तु सहित ५७ जिल्लामा बालवालिकालाई कोरोना विरुद्धको खोप दिइने

कपिलवस्तु ।
सरकारले आगामी आइतबारदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको मेर्डना खोप दिने भएको छ ।
कपिलवस्तु सहित देशभरका ५७ जिल्लामा विद्यालयलाई केन्द्र बनाएर मोर्डना खोप दिन लागिएको हो । मोर्डनाको पहिलो डोज पुस ४ देखि १४ गतेसम्म र दोस्रो डोज माघ २ देखि १२ गतेसम्म दिइने स्वास्थ्य तथा जासंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी बाँकी २० जिल्लाका १२ देखि १७ बर्षका नागरिकलाई भने सरकारले फाइजर खोप दिने भएको छ ।
२० मध्ये वाग्मतीका ६, कार्णालीको एक र सुदूरपश्चिमको एक जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म पहिलो र माघ ४ देखि १३ गतेसम्म दोस्रो डोज दिइनेछ । बाँकी जिल्लामा भने खोप दिने मिति पछि निर्धारण गरिने मन्त्रालयले जनाएको छ । यी खोपहरू पूर्णरुपमा सुरक्षित रहेकाले निर्धक्क भई बालबालिकालाई लगाउन सरकारले अनुरोध गरेको छ ।
यता लुम्बिनी प्रदेशका कपिलवस्तु सहित ९ जिल्लामा यो खोप दिइने जनाइएको छ । रुकुम पूर्व, बर्दिया, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा र नवलपरासी पश्चिममा मेर्डानाको खोप दिइने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

खबर सबै