


राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते



काठमाण्डौँ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय गरेको छ । आयोगले पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम राखेको छ भने २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।
पुस २५ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । त्यसका लागि आयोगले बिहीबार मतदाता नामावली स्वीकृत गरेको छ ।
राष्ट्रिय सभाका मतदाताहरूमा प्रदेश सभा सदस्यहरू ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४ सय ९३ गरी जम्मा २ हजार २५ जना जना रहेका छन् । त्यस्तै, सो निर्वाचनका लागि प्रदेश नं। १ मा २ वटा मतदान स्थलरकेन्द्र र अन्य ६ वटा प्रदेशमा १र१ वटा मतदानस्थल भित्र २र२ वटा मतदान केन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएका छन् ।
प्रदेश नं। १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेशसभा सदस्यहरूका लागि बाली संरक्षण प्रयोगशाला, विराटनगरमा मतदानस्थल तोकिएको छ ।
यसै गरी, प्रदेश नं। २ का लागि महेन्द्र नारायण निधि भवन, वागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल रहने गरी तोकिएको छ ।
सो निर्वाचनमा भाग लिन चाहने राजनैतिक दलले निर्वाचन प्रयोजनका लागि पुस १ गतेदेखि १० गतेसम्म दर्ता गर्नुपर्ने गरी मिति तोकिएको आयोगले जनाएको छ ।
निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आप्mनो नाम, थर, उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडलेले जानकारी दिनुभयो ।
त्यसै गरी, पुस १८ र १९ गते निवेदन तथा उजुरी उपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने अवधि तोकिएको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया