

वेष्ट इन्डिजसँगको टी–२० श्रृङ्खलामा पाकिस्तानको ‘क्लिन स्वीप’



काठमाण्डाै – वेस्ट इन्डिजसँगको टी–२० श्रृङ्खलामा घरेलु टोली पाकिस्तानले क्लिन स्वीप गरेको छ । कराचीमा गएराति भएको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तान ७ विकेटले विजयी भएकाे हाे ।
वेस्ट इन्डिजले दिएको २ सय ८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । पाकिस्तानका लागि मोहमद रिजवानले ८७ रन र कप्तान बाबर आजमले ७९ रनको अर्धशतकीय पारी खेले। वेस्ट इन्डिजका ओडिन स्मिथ, रोमारियो र डोमिनिक ड्राकेसले १/ १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । वेस्ट इन्डिजका कप्तान निकोलस पुरनले ६४ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका मोहमद वासिमले २ तथा शाहनवाज दहानीले १ विकेट लिए । पहिलो खेलमा पाकिस्तान ६३ र दोस्रो खेलमा ९ रनले विजयी भएको थियो ।
यसैबीच पाकिस्तान र वेस्ट इन्डिजबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला भने स्थगित भएको छ । पाकिस्तान भ्रमणमा रहेको वेस्ट इन्डिजका खेलाडीमा कोरोना सङ्क्रमण भएपछि एक दिवसीय श्रृङ्खला स्थगित गरिएको हो ।


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया