

पूर्व मन्त्री बराल बने माओवादी केन्द्रको प्रदेश अध्यक्ष


रुपन्देही ।
दाङको भालुवाङमा मंसिर २५ र २६ मा सम्पन्न नेकपा माओवादीको पहिलो प्रदेश अधिवेशनले २१७ सदस्यीय कमिटी चयन गरेको हप्तापछि बिहीबार लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराललाई चयन गरेको छ । बराललाई अध्यक्षमा सर्वसम्मत चुनिए पनि अन्य पदाधिकारीमा आकांक्षी धेरै भएपछि टुङ्ग्याउन नेतृत्वलाई हम्मेहम्मे परेको छ । आकांक्षी बढ्दै गएको र नेताले आफ्ना पक्षमा तीव्र लबिङ गरेपछि पदाधिकारी चयनमा ढिलाई भएको माओवादी केन्द्रका एक प्रदेशस्तरीय नेताले रातोपाटीलाई बताए ।
अन्य पदाधिकारीको टुंगो नलागेकाले अध्यक्षमा प्रदेश समिति र केन्द्रीय नेतृत्वबीच बरालको नाममा सहमति भए पनि लिखित निर्णय अझै गर्न बाँकी रहेको जनाइएको छ । बरालले सबै पदाधिकारी छिटै टुङ्ग्याएर सबैको नाम सार्वजनिक गर्ने रातोपाटीलाई बताए । गुल्मी क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित बराल यस अघिको सरकारमा सामाजिक विकास मन्त्रीसमेत थिए ।
प्रदेश अध्यक्षमा रोल्पाका दिपेन्द्र पुन र दाङका होमराज शर्माले पनि दाबी गर्दै आएका थिए । पछि उनीहरुले दाबी छाडेपछि बराल अध्यक्ष बनेका हुन् । माओवादी केन्द्रको प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया