

बाणगंगामा ४० जनाले लिए महिनावारी सुरक्षा र प्याड निर्माण तालिम



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित मोतिपुर स्वस्थ्य चौकीमा नागरिकहरुलाई महिनावारी सुरक्षा तथा प्याड निर्माणका लागि सिपमूलक तालिम प्रदान गरिएको छ ।
द लेप्रोसी मिसन टु नेपालको आयोजनामा स्वास्थ्य चौकी मोतिपुरमा विभिन्न क्षेत्रका करिब ४० बढीले एकै दिनमा सो तालिमबाट आफैले प्याड बनाउन सक्ने भएका छन् । तालिममा वडा नम्बर ८ का कुष्ठरोग तथा हात्तीपाईले र अपाङ्गता भएका महिलाहरु सहित उनका परिवारका सदस्यको सहभागिता रहेको स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो ।
तालिममा सहभागीहरुले सैदान्तिक ज्ञान तथा सीप हासिल गरी घरमै बसेर प्याड बनाउने र जिविकोपार्जन समेत गर्न सक्ने बनाउनका लागि तालिमको आयोजना गरिएको लेप्रोसी मिसन टु नेपालका जिल्ला सुपरभाइजर भवानी राउतले बताउनुभयो । यस्तै तालिममा सिकेका सिपलाई दैनिकरुपमा घरमा बसेर उत्पादनमा लाग्न आनन्दवन अस्पतालका परामर्शकर्ताले बताएका थिए ।
यस्तै स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले सहभागिहरुलाई सफलताको शुभकामना दिदैँ तालिम पछि सिकेका कुराहरुलाई व्यवहारमा लागु गरी नगरपालिकामा चिनाउने गरी काम गर्न आग्रह गर्नुभएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया