जसपा बाणगंगा ८ को प्रथम वडा भेला सम्पन्न

कपिलवस्तु ।
जसपा नेपाल बाणगंगा ८ कपिलवस्तुको प्रथम भेला तथा पार्टी संगठन सृदृढीकरण एवम जनजागण अभियान अन्र्तगत बुधबार अभिमुखिकरण एक कार्यक्रमका बिच लौगाईमा सम्पन्न भएको छ ।
कार्यक्रममा पूर्व मन्त्री तथा जसपा नेपालक केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरीले नेपालमा कांग्रेस,एमाले र माओवादी जस्ता शक्तिहरुबाट दशेको शुसासन, आर्थिक समृद्धी र विकास सम्भव नदेखिएकाले आफू जसपा नेपालको अभियानमा लागेको बताएका छन् । उनले नेपालमा समृद्धीको योजना जसपाले मात्रै पुरा गर्ने पनि दावी गरे ।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका जसपा केन्द्रिय सदस्य सहसराम यादवले आफुले प्रदेशका १२ वटै जिल्लामा समावेशी, सहभागिता मुलक सिद्धान्तका आधारमा विकास बजेट विनियोजन गरेको बताए । यस्तै उनले कपिलवस्तुको बाणगंगाका जनताले उठएका विकासका सवालहरुलाई आफुले सम्बोधन गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा जसपा केन्द्रिय सदस्य नारायण खनालले जसपा नेपालको दर्शन, सिद्धान्त, राजनिति र विचार सहित संगठनात्मक स्वरुपबारे सहभािगहरुलाई जानजकारी प्रदन गरेका थिए ।
वडा नम्बर ८ स्थित टोल विकास संस्थाका अध्यक्ष युवराज आचार्यले मन्त्री यादव समक्ष वडा नम्बर ८ को विकास योजना प्रस्तूत गरका थिए ।
सम्पन्न भेलालाई जसपा जिल्ला अध्यक्ष शैलेन्द्रकुमार यादव, जिल्ला सचिव चोपलाल राहुल मगर, जसपा मगर राष्टिय समन्वय समियतकिा उपाध्यक्ष हरि घर्ती मगर, प्रदेश कोषाध्यक्ष शुसिला पुलामी मगर, मगर राष्टीय मोर्चा अध्यक्ष लक्ष्मी सारु मगर, लगाएतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा हेमा सोमैको अध्यक्षता, विष्णु सोमै मगरको स्वागत र सचिव सरु काउचा मगरको संचालनमा सम्पन्न भएको थियो । सम्पन्न भेलाले हेमा सोमै मगरको अध्यक्षतामा ३१ सदस्यीय वडा समितिको निर्वाचन पनि गरेको जनाएको छ । जसको उपाध्यक्षमा सुमित्र खासु मगर, सचिव सरु सोमै मगर, सह सचिवमा दिपक सारु मगर, कोषाध्यक्ष डम्बरबहादुर सोमै मगर लगाएत अन्य सदस्यमा रहेका छन् । पदाधिकारीहरुको नाम शिव खासु मगरले सार्वजनिक गरेका थिए ।कार्यक्रममा जन सासंकृतिक महासंघका कलाकारहरुले गितसंगित तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

खबर सबै