

बाणगंगा २ ले बाढ्यो ४ सय बढीलाई ”ज्याकेट र न्यानो सल”



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.२ ले वडा भित्रका ४ सय बढी वृद्धवृद्धाहरुलाई ज्याकेट र न्यानो सल बितरण गरेको छ । अभियानको अन्तिमक दिन आज ( बुधबार )पनि ७० बढीलाई न्यानो ज्याकेट र सल वितरण गरी कार्यक्रमको समापन गरिएको छ ।
बुधबार बैजलपुर र नन्दनगर टोल विकास संस्थाका ३५ जना आमाहरु तथा ३६ जना बुवाहरुलाई ज्याकेट र न्यानो सल बितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको वडा अध्यक्ष विष्णु पौडेलले बताउनुभयो । ।
आज सम्म २०४ जना आमाहरु र १९७ जना बुवाहरु गरि कुल ४०१ जना वृद्धवृद्धाहरुलाई ज्याकेट र न्यानो सल बितरण गरिएको वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । चिसो बढ्न लागेको र यो मौसममा सबै भन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित हुने भएकाले ‘ज्याकेट’ र न्यानो ‘सल’ वितरण गरिएकोे वडा अध्यक्ष पौडेलले बताउनुभयो । जेष्ठ नागरिकलाई घरपरिवारको माया, साथ सहयोगको आवश्यक पर्ने भएकाले वृद्धवृद्धाहरुप्रति सहयोगी भावना राख्न वडाध्यक्ष पौडेलले आग्रह पनि गर्नुभएको छ ।
वृद्धवृद्धाहरुले हासिल गरेका अनुभवबाट युवा पुस्ताले धेरै कुरा सिक्न आवश्यक रहेको भन्दै वडाध्यक्ष पौडेलले वृद्धवृद्धाहरुको सम्मानमा कहिल्यै चुक्न नहुने बताउनुभयो । वडाध्यक्ष पौडेलले यस कार्यक्रममा सहयोग गर्नहुने वडा समिति, राजनैतिक दलका प्रतिनिधि, टोल बिकास संस्था, वडा सचिब र वडा कार्यालयका कर्मचारीहरुलाई धन्यवाद दिनुभएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया