


कांग्रेस महाधिवेशन : आज उपसभापतिका लागि मतगणनाको तयारी



काठमाण्डौ । नेपाली कांग्रेसको उपसभापतिका लागि आज बुधवार बेलुकादेखि मतगणना सुरु हुँदैछ । सुरुमा उपसभापतिको गणना गर्ने निर्णय भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना एकसाथ गर्दा झन्झटिलो हुने भएकाले पदाधिकारीको सकेर केन्द्रीय सदस्यको गणना गर्ने निर्णय गरेको निर्वाचन समितिका सदस्य केशव रिजालले जानकारी दिनुभयो ।
उपसभापतिको मतगणना सकिएपछि भोलि बिहीवार बिहान महामन्त्री र त्यसपछि सह–महामन्त्रीको मतगणना सुरु हुनेछ । महामन्त्री र सह–महामन्त्रीको सकिएपछि मात्रै केन्द्रीय सदस्यको मतगणना गर्ने तयारी छ ।
कांग्रेसको उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, सुजाता कोइराला, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाह प्रतिस्पर्धामा हुनुहुन्छ । पार्टी विधानअनुसार दुई जना उपसभापति निर्वाचित हुनेछन् । सभापतिमा शेरबहादुर देउवा विजयी भइसक्नुभएको छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया