


राष्ट्रिय जनमोर्चाद्वारा एम.सी.सी सम्झौताको विरोध



कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तु ले आज जिल्ला को चन्द्राैटामा एम सी सी सम्झौता खारेजी को माग गर्दै विरोध सभा सम्पन्न गरेको हो, राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति का अध्यक्ष केहर सिंह पुन को आधक्षय ता मा सम्पन्न भएको सभालाई राष्ट्रिय जनमोर्चा का जिल्ला अधकष दधिराम आचार्य ले सम्भोधन गर्दै एम सी सी सम्झौता नेपाल राष्ट्रको हित विपरित भएको हुँदा कुनै पनि हालतमा पास हुन नदिने बताउनु भयो । यसका विरुद्ध सम्पूर्ण देशभक्त नेपाली, नागरिक समाज जागी सकेको बताउँदै अझै पनि ढुक्क हुने स्थिति नरहेको बताउनु भयो । सभा लाई संभोधन गर्दै अखिल नेपाल ट्रेड यूनियन महासंघ अन्तु क का केन्द्रीय सदस्य तथा राजमो जिल्ला सल्ला कार केर सिंह अ दै ले , समयमा सचेत नभए ,देश साम्राज्य वादी हरू को कब्जा मा जाने बताउनु भयो, राष्ट्रिय जनमोर्चा सधैं ,राष्ट्रिय स्वाधीनता, गणतन्त्र को रक्षा, र संघीयता को खारेजी , एम सी सी सम्झौता खारेजी को लागि संघर्ष गर्दै आएको र अहिले जनता ले पनि बुझ्दै गएको बताए, राष्ट्रियता ,को रक्षा, एम सी सी सम्झौता खारेजी को एक मात्र विकल्प जनताको संघर्ष भएको बताउँदै राष्ट्र बचाउन संघर्ष आउन सबै लाई आग्रह गर्नु भयो, कार्य क्रम मा अखिल नेपाल महिला संघकी जिल्ला सदस्य शारदा खनाल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय सदस्य राम बहादुर वि क, ले पनि मन्तव्य राख्नु भएको थियो। कार्य क्रम सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष चेट नारायण खनाल ले गर्नु भएको थियो।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया