बाणगंगामा वडाले दियो जेष्ठ नगरिकलाई ‘न्यानो ज्याकेट र सल’

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित वडा नम्बर २ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
वडा भित्रका झण्डै ३ सय भन्दा बढी जेष्ठ नगरिकहरुलाई शुक्रबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमबाट ‘ज्याकेट’ र न्यानो ‘सल’ वितरण गरिएको वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । चिसो बढ्न लागेको र जाडो मौसममा सबै भन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित हुने भएकाले ‘ज्याकेट’ र न्यानो ‘सल’ वितरण गरिएको पौडेलले बताउनुभयो । वडाले गत वर्ष पनि जेष्ठ नगरिक लक्षित कार्यक्रमहरु संचालन गरेको थियो । जेष्ठ नागरिकलाई घरपरिवारको माया, साथ सहयोगको आवश्यक पर्ने भन्दै उनिहरुलाई माया र स्नेह दिन पनि वडा अध्यक्ष पौडेलले आग्रह गर्नुभएको छ ।
वडा अध्यक्ष विष्णु पौडेलको अध्यक्षता रहोको कार्यक्रममा नगर कार्यपालिका सदस्य टिका कुमारी अधिकारीको स्वागत तथा सचिव नरेन्द्र पोख्रेलको संचालन रहेको थियो ।

प्रतिक्रिया

खबर सबै