

कांग्रेस कपिलवस्तु महाधिवेशन : उपविजेतालाई विजेता बनाएको भन्दै पुनः मतगणनाको माग



कपिलवस्तु
यति बेला देशभर नेपाली कांग्रेसको महाधिवेशनको रौनक तातेको छ । यसै बिच कपिलवस्तु जिल्लालाई पनि महाधिवेशनले छोएको छ तर कपिलवस्तुमा भने उपविजेतालाई विजेता घोषण गरेको भन्दै पुन मत गणना गर्ने निर्वाचन समितिलाई निवेदन दिएको छ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत कपिलवस्तुमा भएको जिल्ला अधिवेशनमा उप विजेतलाई विजेता बनाएको भन्दै पुनः मतगणनाको माग गरिएको हो । बुधबार निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै लेखिएको छुट्टाछुट्टै २ जनाको निवेदन मार्फत आफ्नो मत बढी हुदाँहुदै आाफु भन्दा कम मत प्राप्त गर्नेलाई विजेता बनाएको भन्दै पुनः मतगणनाको हुनु पर्ने माग राखिएको छ ।
जिल्ला कार्य समिति सदस्यमा थारु कोटाबाट चुनाव लडेका झगरु थारुले आफु ७० मतले विजयी हुदाँ हुदैं आफुसँग प्रतिस्पर्धामा रहेका गुरु प्रसाद थारुलाई विजयी बनाउन नमिल्ने उनले दाबी गरेका छन् ।
त्यस्तै जिल्ला सदस्य पदकै लागी बाणगंगा नगरपालिकाको कोटाबाट जिल्ला सदस्य पदमा चुनाव लडेका भक्ति राम शर्मा (गुरु प्रसाद ) ले पनि असन्तुष्टि जनाउँदै पुनः मत गणनको माग गरेका छन् ।

उता एक स्रोतका अनुसार मत गणना गर्ने क्रममा १६५ मत गणना गर्ने बाकिँ रहेको बेला एकै पटक नतिजा सुनाउने भन्दै भित्र बसेका प्रतिनिधिलाई बाहिर निकाले पछि मत गणनामा धाधलि भएको बताएका छन् ।
यता निर्वाचन अधिकृत घनश्यम पन्थका अनुसार घोषण गरे लगतै पुन गणना गर्ने माग भएको खण्डमा मात्र पुन गणना गर्ने सकिन नत्रभने बिजेता घोषण गरी सकेपछि र प्रमाण पत्र वितरण गरीसके पछि पुन मत गणना गर्ने नमिल्ने अधिकृत पन्थले ईसाझाकुरालाई बताएका छन् ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया