कांग्रेस युवा नेता आशिष शर्माले दिए प्रदेश सदस्य पदका लागी उम्मेदवारी घाेषणा

कपिलवस्तु । नेपाली कांग्रेसका युवा नेता आशिष शर्माले लुम्बिनी प्रदेश सदस्य पदका लागी उम्मेदवारी घोषणा गरेका छन । कपिलवस्तु क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित विजयी भएका शर्माले बिहीवार प्रदेश सदस्यका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

रुपन्देहीको भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी शर्माले प्रदेश सदस्यमा उम्मेदवारी दिने बताएका हुन् । आफ्नै उद्यममा लागेका शर्माले जिल्लाका कांग्रेस कार्यकर्ताको आग्रहमा सक्रिय राजनीति शुरु गरेका हुन् ।

पूर्वमन्त्री एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायका छोरा समेत रहेका शर्मा नेपाली कांग्रेस उद्योग तथा व्यापार बिभाग लुम्बिनी प्रदेशका संयोजक समेत हुन् ।

पारिवारिक पृष्ठभूमि राजनीतिक भएपनि व्यक्तिगत क्षमता र योग्यताका आधारमा उनले आफूलाई स्थापित गरेका हुन् ।

‘कपिलवस्तुमा रहेको नेपाली कांग्रेसको राम्रो पकड र संगठनलाई बचाइराख्न धेरैले राजनीतिमा आउन आग्रह गर्नुभयो, जिल्लामा अध्याधिक माया गरेपछि प्रदेश सदस्यको लागि उम्मेदवारी दिदैछु’ शर्माले भने ।

महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित विजयी भएका शर्माले कपिलवस्तुमा सबैलाई मिलाएर लैजान प्रयास गर्ने बताएका छन् । ‘राम्रो काम गर्छ भनेरै मलाई कपिलबस्तु १ का कांग्रेस कार्यकर्ताले मलाई सर्वाधिक मत दिएर विश्वास गर्नुभएको छ, उहाँहरुको विश्वासलाई टुटन दिने छैन’ शर्माले भने ।

मंसिर २४ देखि हुने कांग्रेसको महाधिवेशन अघि बिहीवार सातवटै प्रदेशमा अधिवेशन हुँदैछ ।

प्रतिक्रिया

खबर सबै