

प्रकृतिलाई सिंगारेर विकासमा जोड दिन आवश्यक : राष्ट्रपति



हरि आचार्य कपिलवस्तु
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति र संस्कृतिको विनाश गरेर विकास सम्भव नहुने बताउनुभएको छ । कपिलवस्तुको बाणगंगा २ नन्दनगर स्थित कैलाश आश्रमद्धारा आयोजित २७ औँ धनधान्याञ्चल महायज्ञलाई सम्बोधन गर्दै पछिल्लो क्रममा चुरे पर्वतको विनाश भईरहेको प्रति चिन्ता व्यक्त गर्दै चुरेको संरुक्षण गर्दै विकासलाई जोड दिनुपर्ने बताउनुभयो ।
हेलिकप्टर मार्फत आएकी राष्ट्रपति भण्डारीले १ सय २७ फिट अग्लो ज्योर्तिलिंगको शिलापुजन, महायज्ञमा निर्माण गरिएका २ वटा प्रवेशद्धार, अष्ट चिरञ्जिवी मुर्ती र विश्रामलयको अनावरण तथा दुर्गा मन्दिरको पुजा अर्चना पनि गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले शिक्षा पद्धतिको विकास गुरुकुलबाटै भएकोले धर्म तथा संस्कृतिलाई संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस बाट बच्न र बचाउन आग्रह गर्दै राज्यले तोकेका स्वाथ्य मापदण्ड पालना गर्न अनुरोध गर्नुभयो ।
कैलाश आश्रमको अवलोकन तथा दर्शनको क्रममा आश्रम सञ्चालक समिति, अध्ययनरत बटुक तथा बाजागाजाले स्वागत तथा सम्मान गरिएको थियो ।
राष्ट्रपति आउने भए पछि हिजो देखिनै सुरक्षा व्यबस्था कडा पारिएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया