

बाणगंगामा जसपाको वडा भेला तयारी, भलवाडमा तीन मन्त्रीको उपस्थिति हुने



कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु अन्र्तगत बाणगंगा नगरपालिकाको बुधबार बसेको अनौपचारिक बैठकले नगरपालिकाका सबै वडामा शनिबार वडा भेला गर्ने निर्णय गरेको छ ।
बैठकले दोस्रो चरणमा पटना, हथौशा, गजेहडा, कोपवा, बाणगंगा, मोतिपुर र भलवाडका मुख्य स्थानहरुमा कोणसभा तथा पार्टीको अपिल वितरण र घरदैलो कार्यक्रम पनि गर्ने निर्णय गरेको जनाएको छ ।
सम्पन्न बैठकमा जसपा केन्द्रिय सदस्य नारायण खनालको विशेष उपस्थिति सहित जिल्ला सचिव चोपलाल राहुल मगर, नगर अध्यक्ष जे.पि खनाल, जिल्ला नेता उमेश बञ्जाडे, शिव खासु मगर, लगाएतको उपस्थिति रहेको थियो ।
जिल्लाको उत्तरमा आदीवासी जनजाती र थारु समुदायहरुको बिचमा यतिबेला जसपा नेपाल आकर्षणको केन्द्र बन्दै गएको जसपाका नेता तथा कार्यक्रताहरुले बताउने गरेका छन् ।
यसैबिच यता पहिलो चरणको वडा भेला अन्र्तगत बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा हुने भेलालाई सम्बोधन गर्न जसपा नेपालका केन्द्रिय सदस्य तथा प्रदेश इन्चार्ज दानबहादुर चौधरी, पार्टीका केन्द्रिय अनुशासन विभाग प्रमूख नरसिंह चौधरी, केन्द्रिय सल्लाहाकार समितिका अध्यक्ष विष्णुहरि शर्मा, केन्द्रिय सदस्य नारायण खनाल, अमृता अग्रहरी, केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका भौतिक योजना निर्माण मन्त्री सहसराम यादव, कृषि तथा सहकारी विकास मन्त्री सुमन शर्मा रायमाझी, श्रम तथा यातायात मन्त्री फुलमती ढेँगा मगर, प्रदेश उपाध्यक्ष डा. अब्दुल रसिद खाँ, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहँमद खाँ, मायादेवी गाउँपालिका अध्यक्ष बजरंजी चौधरी लगाएतका नेताहरुको उपस्थितिमा वडा भेला आयोजनाको तयारी गरिएको जसपा नेपाल वडा समिति भलवाडले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया