एमाले महाधिवेशन : बिहान ४ बजेबाट मतदान सुरु

चितवन ।

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा आज बिहान ४ बजेदेखि मतदान शुरु भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरी चुनावको प्रारम्भ गरेका छन्। उनले एक नम्बर मेसिनमा मतदान गरेर शुरुआत गरेका हुन्।

एमालेमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा तथा केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ ९भौगोलिक क्षेत्र० खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन शुरु भएको हो। अरू सबै पदमा सर्वसम्मत भएको छ।

अध्यक्ष पदका लागि केपी ओली र भीम रावल चुनावमा छन्। त्यस्तै, ६ उपाध्यक्षका लागि सात जना र सात सचिव पदका लागि नौ जनाले प्रतिस्पर्धामा छन्।

केन्द्रीय समितिमा ८४ खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ। प्रदेश १ खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश १ महिलामा तीन सदस्यका लागि चार उम्मेदवार छन्।

त्यस्तै, समावेशी क्षेत्रको दलित खुलातर्फ आठ सदस्यका लागि नौ जना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार जना र सुदूरपश्चिम प्रदेशको महिलातर्फ तीन केन्द्रीय सदस्यका लागि पाँच जनाबीच प्रतिस्पर्धा भइरहेको छ।

बिहान ४ बजेदेखि शुरु भएको मतदान जारी रहेको छ।

प्रतिक्रिया

खबर सबै