

कांग्रेस कपिलवस्तुको सभापतिमा कलाम विजयी



कपिलवस्तु ।
नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापति पदमा अब्दुल कलाम विजयी हुनुभएको छ । आज विहान सम्पन्न मतगणनामा कलामले सभापतिका अर्का प्रत्यासी राजेश आचार्यलाई १०९ मत अन्तरले पराजित गर्नुभएको हो । जिल्ला सभापतिको लागि रामचन्द्र पौडेल पक्षका कलाम र पार्टी सभापति शेर बहादुर देउवा पक्षका राजेश आचार्यबीच चुनाव भएको थियो ।
कुल खसेको १७ सय ६५ मतमा विजयी कलामले ९२८ र पराजित हुनुभएका राजेश आचार्यले ८१९ मत ल्याउनु भएको हो । यस्तै दुई उपसभापति पदमा रजत राज आचार्य र हुमकान्त खनाल तथा दुई सचिवमा युवा नेता शक्ति सिँह ठकुरी र प्रेम बहादुर सिंह रायमाझी विजयी विजयी हुनुभएको छ । जिल्ला समितिको पदाधिकारी सहितका पदमा रामचन्द्र पौडेल प्यानल हावी भएको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया