

अध्यक्षमा ओलीले गरे उम्मेदवारी दर्ता



काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्षमा केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।
चितवनमा जारी राष्ट्रिय महाधिवेनका लागि सर्वसम्मत नेतृत्व चयन गर्न सहमति नजुटेपछि निर्वाचन मार्फत नेतृत्व चयन गर्ने प्रक्रिया तय भएको थियो । सो पश्चात ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका अध्यक्ष मण्डलका तर्फबाट आफूसहित १९ जना पदाधिकारीको सूची यथावत राखिएको छ ।
ओलीको उम्मेदवारीमा विष्णु पौडेल प्रस्तावक र शंकर पोखरेल समर्थक रहेका छन् ।
त्यस्तै उता उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका गरिसकेका छन्।
आइतबार राति ओलीले सार्वजनिक गरेको ३०१ जनाको केन्द्रीय कमिटीमा नसमेटिएका अन्य नेताहरुले समेत उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष पदका लागि घनश्याम भुसाल र सचिव पदका लागि भीम आचार्यले उम्मेदवारी दर्ता गराएका हुन् ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया