सुरु भयो एमाले महाधिवेशनमा बन्दसत्र

सौरहा । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ । बिहान ८ बजे बन्दसत्र सुरु गर्ने भनिएपनि आपसी सहमति जुट्न नसक्दा पाँच घण्टापछि बन्दसत्र सुरु भएको हो ।

एमाले अध्यक्ष के पी शर्मा ओली बन्दसत्र हुने चितवनको सौराहास्थित होटल सेभेन स्टारमा केहीबेर अगाडि पुगेका थिए । उनी पुगेसँगै बन्द सत्र सुरु भएको हो । बन्द शस्त्र सुरु हुने स्थानमा एमाले प्रतिनिधिहरु एकपछि अर्को गर्दै आउन थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

खबर सबै